२०८१ बैशाख ११ , मंगलबार

‘मेरो जिन्दगी चलचित्रको कथाजस्तै भयो’:समीक्षा अधिकारी

सुनाखरी न्युज/ काठमाडौं। गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगी चलचित्रको कथाजस्तै भएको भन्दै कारुणिक स्टाटस लेखेकी छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू अगाडि बड्न खोजेको तर पाईला पछाडि तानिने गरेको र, मन भित्रको बह सुनाउन खोज्दा मजाकको पात्र बनाइएको भन्दै दुखेसो पोखेकी छन् ।

उनले आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोजेपनि जताततै अध्यारो देख्नेगरेको बताएकी छन् । ‘अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन । मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु,’ उनले लेखेकी छन् । उनले अघि भनेकी छन्, ‘कुनै पनि कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन । अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ।’

आफू चरित्रहीन नभएको भन्दै आफ्नो पनि परिवार र अरुकोजस्तै भावना भएको उनी लेख्छिन् ।‘मेरो पनी भावना छ तपाईँको जस्तै । मेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ, पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थहीन हुन जस्तो । म गलत छैन । म कुनै चरित्र हिन छोरी होईन । मेरो पनि परिवार छ । तपाईको जस्तै । पर्दामा देखिएका हरेक कुरा सहि हुँदैनन् । सत्यता त मनमै अड्किएर बसेको हुन्छ।’