२०८१ बैशाख ७ , शुक्रवार

सुनको भाउ आज पनि स्थिर

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। हिजो सोमबार पनि सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी १ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।