२०८१ बैशाख १२ , बुधवार

‘जारी’को चर्चित गीत ‘रीत’ सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं। रिलिजको चार दिनपछि फिल्म ‘जारी’मा समावेश चर्चित गीत ‘रीत’ सार्वजनिक गरिएको छ । दयाहाङ राई र मिरुना मगर फिचर्ड गीतलाई मनोज थापामगरले संगीत गरेका छन् ।

 

 

मनोज र सुनिता थेगिमको स्वर रहेको गीतमा हर्क साउदको शब्द रचना छ । मर्मस्पर्शी शब्द र लयमा बुनिएको गीतको लोकेसन पनि आकर्षक छ । फिल्ममा दम्पतीको भूमिका निर्वाह गरेका दयाहाङ र मिरुनाको सम्बन्ध पुनर्मिलनको सन्दर्भमा यो गीतको प्रयोग गरिएको छ । फिल्म हेरिसकेका दर्शकले यो गीतको भावलाई स्मरण गर्न सक्नेछन् ।

 

बाँसुरी फिल्म्सको ब्यानरमा उपेन्द्र सुब्बाले निर्देशन गरेको फिल्मले लिम्बू समुदायमा प्रचलित जारी संस्कृतिको कथा पेश गर्छ । फिल्मले पहिलो सप्ताहन्तमा नै चार करोडभन्दा बढी ग्रस कमाइ गरिसकेको छ ।