२०८१ जेठ ६ , आइतवार

बलिउड अभिनेत्री क्रिसन लागुऔषधको आरोपमा पक्राउ 

सुनाखरी न्युज / बलिउड अभिनेत्री क्रिसन परेरा करिब दुई हप्ताअघि प्रहरीले उनलाई लागुऔषधको आरोपमा पक्राउ गरेको थियो । यतिबेला दुबईको जेलमा छिन । ‘सडक २’ र ‘बाटला हाउस’ जस्ता फिल्ममा अभिनय गरेकी उनलाई अरबका प्रहरीले युएईको शारजाह सेन्ट्रल जेलमा राखेका छन ।

 

परिवारका अनुसार शारजाह विमानस्थलमा ओर्लानासाथ उनीसँग कसैको सम्पर्क भएको थिएन । त्यसको ७२ घण्टापछि मात्र भारतीय वाणिज्य दुतावासले उनी पक्राउ परेको खबर परिवारलाई दिएको थियो । छोरी पक्राउ परेपछि परिवार विक्षिप्त छन । उनीहरुले छोरीलाई फँसाइएको आरोप लगाएका छन । ‘हामी दुई साता यता मानसिक यातनाबाट गुज्रिरहेका छौं । मेरो बहिनी निर्दोष छिन र उनलाई लागुऔषध मामलामा फँसाइएको छ । थाहा छैन मानिसहरु उनीबाट के चाहन्छन । अब के गर्ने भन्ने हामीलाई थाहा पनि छैन’, उनका दाई केविनले भनेका छन ।

 

उनकी आमा प्रेमिला परेराले आफ्नो छोरीमाथि रवी नाम गरेका व्यक्तिले ठगी गरेको आरोप लगाएकी छन । ‘त्यो मान्छेले छोरीको टिमलाई एक वेब सिरिजमा काम गर्नका लागि खबर गरेको थियो । एक दुई वटा मिटिङ पछि ऊ दुबईमा अडिसनका लागि गएकी थिइ ।