२०८१ बैशाख १४ , शुक्रवार

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एपमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु

सुनाखरी न्युज/ काठमाडौं । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘इबीएल टच २४’ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ ।

 

एभरेष्ट बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरि स्मार्ट क्युआर मा भुक्तानी गरेर सेवाको शुभारम्भ गरे । यो सेवा सुरुवात भए संगै एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् ।

 

ग्राहकहरुले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैंकको खातामा जम्मा हुने सुबिधा भएको यस स्मार्ट क्युआर को सुबिधाले बैंकमा खाता रहेका मर्चेन्टहरुलाई थप सुबिधा पुग्ने बिश्वास बैंककोे छ ।