२०८१ बैशाख १३ , बिहिवार

मेरिट विरोधको प्रदर्शनमा चिकित्सक

सुनाखरी न्युज /  काठमाडौं  – चिकित्सा शिक्षा आयोगले योग्यताक्रम विपरित भर्ना प्रक्रिया अघि बढाएको भन्दै पीडित परीक्षार्थीले काठमाडौंमा प्रदर्शन गरेका छन् । आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र योग्यताक्रमविपरीत भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

 

चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।बढी अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने, योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुर्‍याएको उनीहरूको गुनासो छ ।

 

प्रदर्शनमा सहभागीले ‘न्यायपालिकाभन्दा ठूलो कार्यपालिका कसरी भयो ?’, ‘मेरिट मिच्न पाइँदैन’, ‘अस्पतालमा डाक्टर खै ?’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।