२०८१ बैशाख ७ , शुक्रवार

ल्यापटप चोरेको आरोपमा एक युवक पक्राउ

सुनाखरी न्युज / काठमाडौं – ल्यापटप चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१३ लालीगुँरास पथका एक स्थानीयको कोठामा पसेर ल्यापटप सहितको सामान चोरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय शुक्र परियार पक्राउ परेका हुन् ।

परियारले घरमा कोही नभएको मौका छोपी ल्यापटप, मोबाइल र २ थान स्पिकर चोरी गरिरहेका बेला पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

 

पक्राउ परेका परियारलाई चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपीले जानकारी दिए ।