२०८१ बैशाख २८ , शुक्रवार

अब २ वटा मोबाइलमा एउटै ह्वाट्सएप अकाउन्ट चलाउन सकिने

सुनाखरी न्युज/ काठमाडौं ।

मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिंग एप ह्वाट्सएपले निरन्तर रुपमा नयाँ नयाँ अपडेट थप्ने गरेको छ । यसबाट प्रयोगकर्ताले एउटै ह्वाट्सएप अकाउन्ट एकभन्दा धेरै डिभाइसमा सजिलैसँग प्रयोग गर्न सक्नेछन् ।

 

ह्वाट्सएपले हालका लागि यो फिचरलाई बिटा टेस्टिंगका लागि जारी गरेको हो । छिटै नै सबै प्रयोगकर्ताका लागि यसको पूर्ण संस्करण ल्याउने ह्वाट्सएपले जनाएको छ ।

 

स्मरण रहोस् ह्वाट्सएपले हालैमात्र Contact Edit फिचर पनि जारी गरेको छ ।

 

एजेन्सीको सहयोगमा