२०८१ जेठ ६ , आइतवार

कोरोना संक्रमण बढ्दो, अतिरिक्त खोप लागाउन स्वास्थ्य मन्त्रायको आग्रह

Corona

सुनाखरी न्युज/ काठमाडौं ।

कोरोना संक्रममितको सख्ंया दिनानुदिन बढ्ने क्रममा छ । हाल देखिएको ओमिक्रोनको उत्परिवर्तित् स्वरुप एक्सविवि वान पोइन्छ सिक्टिन बढी सङ्क्रामक मानिएको छ । हाल देखिएको ओमिक्रोन बढि फैलिने भएकाले स्वास्थ्य मापदण्ड पालना गर्न र कोरोनाविरुद्धको अतिरिक्त खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

यो भेरियन्ट कम घातक भएपनि यसमा संक्रमणदर बढी हुने हुँदा कोरोना अझै फैलिने देखिन्छ । यसैलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

पछिल्लो समय कोरोना संक्रमतिको सख्ंया दैनिक बढ्दो क्रममा छ । हाल दैनिक रुपमा संक्रमितको संख्या एक सय भन्दा बढी देखिन थालेका छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा चार दिनको अवधिमा मात्र ४ सय ५७ संक्रमित थपिएका छन् ।

मन्त्रालयको अनुसार गत चैत्र २७ गते १ सय २४, २८ गते १ सय ६, २९ गते १ सय २१ र ३० गते १ सय ६ जना नयाँ संmक्रमति थपिएका छन् । केही साता अघिसम्म नेपालमा कोरोना संक्रमितको संख्या शून्य थियो । तर, पछिल्लो समय सक्रमण बढेसँगै २ जनाको मृत्यु समेत भएको छ ।

कोरोना संक्रमणबाट गत चैत्र २८ र २९ गते एक÷एक जनाको मृत्यु भयो । यसअघि गत पुस २३ गते कोरोनाबाट एक जनाको मृत्यु भएको थियो ।

यसले पनि नेपालमा पुनः कोरोना संक्रमण फैलिरहेको र खतार बढेदै गएको पुष्टि गर्छ ।

 

चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । यसले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका व्यतिm, वृद्धावृद्धलाई बढी समस्या गराउने चिकित्सकहरू बताउँछन् ।

छिमेकी देश भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि वान पोइन्ट सिक्टीनको नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा भन्दा बढी देखिएका छन् ।

कोरोना भाइसका विभिन्न स्वरुप मध्ये ओमिक्रोनका ६ सय उत्परिवर्तन स्वरुप रहेको हो । जसको एक स्वरुप एक्सविवि वान पोइन्ट सिक्टीन हो । यो अन्य स्वरुपभन्दा बढी फैलिने विज्ञको भनाई छ ।

ओमिक्रोन एक्सविवि वान पोइन्ट सिक्टीन संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।

यस्ता लक्षण देखिए कोरोना परीक्षण गराउँदा र आइसोलेसनमा बस्दा अरुलाई संक्रमण सर्ने संभावना कम हुन्छ । साथै संक्रमणबाट बच्न भिडभाड हुने स्थानमा नजाने, जानैपरे स्वास्थ्य मापदण्डको पालना गर्नुपर्दछ ।