२०८१ बैशाख ७ , शुक्रवार

कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका थिए वर्षमानकी आमामाथि गोली चलाउने प्रहरी हवल्दार 

सुनाखरी न्युज/ काठमाडौं ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनकी आमामाथि गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगर रहेको खुलेको छ ।

गोली चलाउने पुन हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् । उनले चलाएको गोली लागेर वर्षमानकी आमा घाइते भएकी छन् । उनको खुट्टामा गोली लागेको हो ।

कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी हवल्दार उनले गैरीधारास्थित वर्षमानका को घरमा बस्दै आएकी आमा तीर्थमाया पुनमाथि शुक्रबार राति ९ बजे गोली चलाएको बुझिएको छ ।

 

गोली चलाउने हवल्दार पुन वर्षमानका नाताकै भएको पनि बताइएको छ । उनले शुक्रबार राति करिब ९ बजेतिर वर्षमानकी आमा ७० वर्षकी तीर्थमाली पुनमाथि गोली चलाएको प्रहरी स्रोतले जनाएको छ ।

गोली चलाउने हवलरलाई राति करिब १ बजे नियन्त्रणमा लिएर प्रहरी प्रधान कार्यालयमा लगिएको जनाइएको छ ।

हाल उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।