२०८१ बैशाख ७ , शुक्रवार

विभिन्न क्षेत्रमा योगदान गरेका ९८२ जनालाई राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्नुभएको छ ।

 

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो ।

 

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित हुनुहुन्थ्यो । आआफ्नो क्षेत्रबाट योगदान गरेका ९ सय ८२ जनालाई विभूषण प्रदान भएको हो ।

 

जसमा नेपाल रत्नबाट पूर्वप्रधानमन्त्री सुशील कोइराला मरोणोपरान्त सम्मानित हुनुभएको छ । राष्ट्र गौरवबाट दिवंगत नेता जीवराज आश्रित, शताब्दी पुरुष सत्यमोहन जोशीलाई मुलुकले कदर गरेको छ । यसैगरी मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी यही पदकबाट विभूषित हुनुभएको छ । संविधान दिवस अर्थात गत असोज ३ गते विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।