२०८१ बैशाख १३ , बिहिवार

अमेरिकाको एक डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाई मरे

सुनाखरी न्युज/ काठमाडौं ।अमेरिकाको टेक्सासस्थित डेरी फार्ममा आगलागी हुँदा १८ हजार गाईहरू मरेका छन् । यसै हप्ताको सुरुमा भएको विस्फोटमा करिब १८ हजार गाईको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका हुन् ।

 

डिमिट शहर नजिकै साउथ फोर्क डेरीमा भएको विस्फोटमा परेर एक जना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । आगलागी सुरु भएलगत्तै सुरक्षाकर्मी र अग्नि नियन्त्रकको टोलीले डेरीबाट घाइेत भएका एक जनालाई उद्दार गरेर अस्पताल पुर्याएका थिए । आगलागीमा परेर मरेका गाईको यकिन तथ्यांक आइनसके पनि करिब १८ हजारको संख्यामा गाई सोही फर्ममा रहेको जनाइएकाे छ ।

 

डेरीमा मिथेन ग्याँस लिक भएर आगलागी भएको हुन सक्ने अधिकारीहरुले जनाएका छन् । सन् २०१८ यता अमेरिकामा आगलागीमा परेर करिब ३ लाख चौयापाको मृत्यु भएको छ । त्यस्तै, सन् २०१३ यता लगभग साढे ६ लाख घरपालुवा जनावर आगलागीमा परेर मरेको जनाइएकाे छ । एजेन्सी