२०८१ बैशाख ७ , शुक्रवार

एयरपोर्टमा खटिने वायु सेवा निगमका कर्मचारीले अव खल्ती भएका लुगा लगाउन नपाउने

सुनाखरी न्युज/ काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने नेपाल वायु सेवा निगमका कर्मचारीले अबदेखि खल्ती भएको लुगा लगाउन नपाउने भएका छन्।

\निगमले ब्यागेज ओसारपसार गर्ने ट्रलीहरूमा बार तथा चेन लगाइएको पनि जनाएको छ। साथै लगेजलाई वर्षातको पानीबाट जोगाउन ट्रलीमा छानासमेत लगाइएका छन्।

यात्रुहरूको लगेज फुटेकोजस्ता गुनासा आएपछि निगमले कर्मचारीलाई खल्ती भएका लुगा लगाउन रोक लगाएको छ।

 

लगेजसम्बन्धी गुनासा सुनुवाइका लागि विमानस्थलको ब्यागेज ह्याण्डलिङ युनिटलाई सक्रिय गराइएको पनि निगमको भनाइ छ।