२०८० चैत्र १५ , बिहिवार

साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार दोहोरो अंकले घटेर बन्द भएको छ ।

 

आज नेप्से २९.०७ अंकले घटेर एक हजार ९ सय ३४ दशमलब ४७ विन्दुमा बन्द भएको हो । बुधबार भने नेप्से उच्च अंकले बढेको थियो ।त्यस्तै, आज एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा करिब दुई अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २७ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३००.७० रुपैयाँ पुगेको छ । यसका साथै कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५०१.८० रुपैयाँ पुगेको छ भने आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य पनि १० प्रतिशतले बढेर प्रतिकित्ता १५५.१० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५.५० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ८ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।