२०८१ बैशाख १४ , शुक्रवार

आज सुनचाँदीको भाउ स्थिर

सुनाखरी न्युज/ काठमाडौं । आज बिहिबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। बुधबार तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भईरहेको छ ।

 

तेजावी सुनको भाउ पनि स्थिर रहदै प्रति तोला १ लाख १० हजार २५० सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ पनि स्थिर रहदै प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ९ सय ९५ रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९४ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय ४३ रुपैयाँ कायम गरेको छ ।