२०८१ बैशाख १७ , सोमवार

चांगन अटोको नयाँ साल, साह्रै बब्बाल अफर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८०लाई लक्षित गरी “नयाँ साल, साह्रै बब्बाल अफर” सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान “ALSVIN” र यसै चांगनको प्रिमियम पिक-अप “HUNTER ” लिन ईक्छुक ग्राहक वर्गहरुलाई आकर्षक अफरहरु सार्वजनिक गरेको छ।

 

यो अफर २०८० बैसाख १ देखि २०८० बैसाख ३१ सम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत, ग्राहकवर्गहरुले चांगनको कुनै पनि सवारी साधन को खरिदमा सिंगापुर र मलेसियाको ५ रात / ६ दिन को लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (iPhone 14, iWatch र AirPods) जित्न सक्नु हुनेछ। यसका साथै चांगन को कुनै पनि सवारी साधनको खरिदमा रु ५०,००० सम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत रू ५०,०००/- सम्मको अधिक छुट पाउन सक्नु हुने छ। साथ-साथै आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न ईच्छुक ग्राहकवर्गहरुले भने थप रु २,००,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नु हुनेछ।

 

चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी बिजेतालाई १ रात / २ दिन को लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ। चांगन अटो, नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसंगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउंदै आइरहेको छ । चांगन अटो कम्पनीले चाङ्गन गाडीको ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गर्दछ। ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्नुहुनेछ । यसका साथै www.changannepal.com मार्फत बिस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्नु हुनेछ । चांगन अटो सम्बन्धि सम्पुर्ण जानकारी चाङ्गनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगईन गरि प्राप्त गर्न सक्नु हुने छ ।