२०८१ बैशाख २२ , शनिवार

शेयर बजारमा उछाल

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन बुधबार उच्च अंकले बढेको छ । आज नेप्से ९२.२२ अंकले बढेर एक हजार ९ सय ६३. दशमलब ५५ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से २७.३१ अंकले बढेर एक हजार ८ सय ७१ दशमलब ३३ विन्दुमा बन्द भएको थियो ।

 

त्यस्तै, शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज एक अर्ब ९२ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका २१८ कम्पनीको शेयरमूल्य बढेको छ ।

नेप्सेका अनुसार १७ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज पाँच कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १२ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दाबढीले बढेर सर्किट लेभलमा पुगेको छ ।

नेप्सेका अनुसार आज डिबेञ्चर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य एक प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ११ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।