२०८१ जेठ ६ , आइतवार

विकास बैंकहरुले पनि घटाए ब्याजदर

सुनाखरी न्युज/ काठमाडौं । विकास बैंकहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । बिकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो ।

डिबानका उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाकाअनुसार निक्षेपको ब्याजदर १ प्रतिशत विन्दूले घटाउने निर्णय भएको छ । विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर साबिकको ११.६ प्रतिशतबाट घटाएर १०.६ प्रतिशत झार्ने निर्णय गरेका छन् । यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर घटाएर ८.६० प्रतिशत बनाइएको छ ।

बचतको ब्याजदर पनि साबिकमा ०.६० प्रतिशत विन्दूले घटाउने निर्णय भएको देवकोटाले जानकारी दिए । घटेको ब्याजदर बैशाख १ गतेदेखि लागू हुनेछ ।