२०८१ जेठ ६ , आइतवार

ब्याजदर एकल अंकमा झार्ने एनबीएको निर्णय

nba

सुनाखरी न्युज/ काठमाडौं । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स एशोसिएसन(एनबीए)ले ब्याजदर घटाउने निर्णय गरेको छ ।

 

एनबीएको फूलहाउस बैठकमा सीइओहरुबीच निक्षेपको ब्याजदर घटाउने सहमति भएको बैठकस्थलबाट एक बैंकरले जानकारी दिए । ती बैंकरका अनुसार व्यक्तिगत मुद्दनि निक्षेपको ब्याजदर १० प्रतिशतले घटाउने निर्णय भएको हो । यो निर्णयसँगै अब मुद्दति निक्षेपको ब्याजदर एकल अंकमा झरेको छ । एनबीएको निर्णयअनुसार अब एक वर्षे अवधिको मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशतबाट घटेर ९.९ प्रतिशतमा झरेको छ ।

 

योसँगै संस्थागत मुद्दति निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम भएको छ । यस्तै, बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम भएको छ । एनबीएका अध्यक्ष सुनिल केसीले व्यक्तिगततर्फ सबै अवधिका मुद्दति निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने निर्णय भएको पुष्टि गरे । उनका अनुसार निक्षेपको ब्याजदर घटेसँगै यसले आधारदर घटाउने र यसको प्रभावले पुरानो ऋणको ब्याजदर समेत घट्दै जाने परिस्थिति सिर्जना भएको छ ।