२०८१ बैशाख १५ , शनिवार

दोल्ती पावरको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन

IPO

सुनाखरी न्युज/ काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आज चैत २८ गतेदेखि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५:०३ बजेसम्ममा २ लाख ५३ हजार ५५६ आवेदकबाट २८ करोड ३६ लाख ७१ हजार रुपैयाँ बराबरको २८ लाख २६ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

 

यो सर्वसाधारणको लागि छुट्टाइएको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरको २.२३ गुणा बढी हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ७२ हजार ९७२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ भने ६८ हजार १७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। लगानीकर्ताहरुले बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

 

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले वैशाख ३ गते सम्म मात्रै आवेदन खुल्नेछ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।