२०८३ श्रावण १८ , सोमवार

नयाँ बर्ष -२०८० सालको शुभकामना , सुशासन र समृद्धि नै हाम्रो चाहना

किरण गिरी । नेपाली मात्रको मौलिक बर्ष बि . सं. -२०८० को पावन अबशरमा स्वदेश तथा बिदेशमा रहनुभएका सार्बभौमसत्ताका मालिक संपुर्ण नेपाली दिदिबहिनी , दाजुभाइ हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । गत -२०७९ सालमा हामीले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र लाई सुदृढ र संस्थागत गर्दै तिनै तहको निर्वाचन सम्पन्न गर्‍यौ ।

अब सरकार र राजनीतिक दलहरू को ध्यान सुशासन सहितको आर्थिक सुधार तर्फ जानु अत्यन्तै जरुरी छ । नेपालमा तिनै तहको निर्वाचन सम्पन्न भएको छ । भर्खरै सम्पन्न भएको राष्ट्रपति र उपराष्ट्रपति को निर्वाचनले संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ र सफल कार्यान्वयन भएको छ । नेपालको राजनीति नेपाली जनता चाहना बमोजिम जनादेश को मर्म र भावना बमोजिम अगाडि बढेको छ । अब ढिलो नगरी कन आर्थिक क्षेत्रमा सुधार र परिवर्तन गर्दै जन चाहना अनुसार अगाडि बढ्नु सरकार र राजनीतिक दलहरू को प्रमुख दाइत्व र जिम्मेवारी हो ।

नेपाली कांग्रेसको परिकल्पना समुन्नत नेपाल अबको मार्गचित्र नियाल्दा :-
नेपाली राजनीतिक इतिहासको सात दशक नियाल्दा लोकतान्त्रिक आन्दोलनको संबाहक हो नेपाली कांग्रेस ।लोकतान्त्रिक समाजबाद र आर्थिक बिकासको अभियन्ता हो नेपाली कांग्रेस अनि सामाजिक रुपान्तरण उत्प्रेरक पनि हो नेपाली कांग्रेस । अब समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर अगाडि बढेको छ नेपाली कांग्रेस ।
नेपाल को सबभन्दा ठुलो पुंजी भनेको जनता जनार्दन नै हुन ।
हाम्रो भुबनोटले उर्जा , कृषि ,पर्यटन र सूचना प्राविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना बोकेको छ । बिश्वकै आर्थिक गुरुताकर्षण एसिया तिर सर्नु भनेको निर्यात , प्रत्यक्ष बिदेशी लगानी , मध्यम बर्गिय पर्यटक र सहुलियत पुर्ण पुंजीको उपलब्धता बिकास प्रयत्नका लागी अनुकुल छन ।
यसरी बिकासको नतिजा उत्पादकत्वको वृद्धि , औपचारिक क्षेत्रको बिस्तार , सामाजिक गतिशीलता र सुशासन सुचकहरुमा मात्र होइन आम नेपाली जिबनस्तरमा नै झल्कनु पर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । हामीले जनता घरदैलो जादा यहि संकल्प समेत गरेका छौ । समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर हामी आएका छौं । हामीले राजनीतिक क्षेत्रमा फड्को मार्‍यौं अब मुलुक र जनताको बिकास र समुन्नतिमा आक्रमक एजेन्डा लिएर युबाबर्ग लाई समेटेर अगाडि बढ्नु हाम्रो अहं र प्रमुख दायित्व हो ।
अबको समुन्नत नेपालको स्पष्ट मार्गचित्र :-
१.समुन्नतिका सैद्धान्तिक आधार ।
-लोकतन्त्र को सुदृढीकरण र सुशासन ।
-समावेशी आर्थिक सामर्थ्य ।
– समन्यायिक समाज र सांस्कृतिक सहस्तित्व ।
-जलबायु परिवर्तन ,बाताबरण र बिपद ब्यबस्थापन ।
-सार्बभौमिक समानता र अन्तर्राष्ट्रिय भुमिका ।
२. तत्कालीन आर्थिक एजेन्डा :-
-आयात कर्जा र मुद्रास्फ्रीतिको चाप ।
– सार्बजनिक आय र खर्च ।
– औद्योगिक पुर्बाधार , नेपाली उत्पादन र डिजिटलाइजेसन ।
– रोजगारीका लागी सीप ।
– स्वच्छ उर्जा को क्षेत्रीय खपत ।
३ तत्कालीन भौतिक पुर्बाधारका एजेन्डा :-
– यातायात ।- उर्जा ।- सिंचाइ ।- खानेपानी ।- सञ्चार ।
४ . बित्तीय क्षेत्रमा व्यापक सुधार र ब्यबस्थापन :-
मुलुक र जनताको बित्तीय सूचकांक अत्यन्तै निरासाजनक देखिएको बर्तमान अबस्था लाई व्यापक सुधार र परिबर्तन गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । आजको चुनौती पुर्ण बित्तीय अवस्था बाट मुलुक लाई अत्यन्तै आबश्यक देखिएको छ ।
नेपाली कांग्रेस यो सुधार र परिवर्तन गर्न सक्षम छ ।
बिस्वस्निय आर्थिक सुधारको जगमा बिदेशी तथा स्वदेशी लगानीको अभुतपुर्ब बाताबरण सृजना गर्दै अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सहुलियतपुर्ण बित्तीय सायताहरुको अधिकतम परिचालन गर्ने र घाटा बजेट एबं सार्बजनिक ॠणको समेत इमानदारीता पुर्बक जिम्मेवार ढंगले परिचालन गरेर मात्रै समुन्नतिको न्युनतम आधार तयार हुन्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा र दृष्टिकोण रहेको छ ।
नेपाली कांग्रेसको यही धारणा र दृष्टिकोण लाई सफल रूपमा कार्यान्वयन गर्नु र गराउन प्रतिबद्ध रहनु नेपाली कांग्रेसका हामी सबै नेता र कार्यकर्ता दायित्व जिम्मेवारी समेत हो ।
२०७९ सालमा नेपालले हासिल गरेको राजनीतिक उपलब्धि
संघीयता , गणतन्त्र र धर्मनिरिपेक्षताको पक्षमा जनमत :-
आम निर्वाचनको जनादेश केलाउदा ९४.४३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त -७ राजनीतिक दलहरुले पाएको गरेको मत अनुसार
यस्तो छ मुलुकको राजनीतिक अंक गणितको जनमत :-
जसलाई आधार बनाएर हामीले अबको नेपालको नयाँ मार्ग चित्र कोर्नु आबश्यक छ ।
१. नेकपा एमाले: २८,४५,६४१ (२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५ (२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४ (११.१%)
४.रास्वपा:११,३०,३४४ (१०.७%)
५.राप्रपा: ५,८८,८४९ (५.५७%)
६.जसपा:४,२१,३१३ (३.९८%)
७.जनमत: ३,९४,६५५ (३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
एमालेको मत ४५,१०५ वढी रहेकोमा अहिले
२०७९ आम निर्वाचनमा १,३०,४१६ मत बढी देखिन्छ ।
मात्रै १८४११ मतकाे कमिले नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन
प्रतिनिधि सभा को गणितीय तस्वीर यस्तो छ :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित) यस्तो रहेको छ :-
राष्ट्रिय पार्टी हरु :-
१. नेपाली कांग्रेस–५७+३२=८९
२. नेकपा एमाले–४४+३४=७८
३. नेकपा माओवादी केन्द्र–१८+१४=३२
४ .राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
५. राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
६. जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
७. जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेका दलहरु हरु :-
८ .नेकपा एकीकृत समाजवादी =१०
९. लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
१०. नागरिक उन्मुक्ति पार्टी= ३
११. राष्ट्रिय जनमोर्चा=१
१२. नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र सांसद – ५ समेत
जम्मा–२७५ को प्रतिनिधि सभा जनता को सार्बभौमसत्ता सम्पन्न संघीय संसद हामी संग छ । २०७९ सालमा हामीले प्राप्त गरेको राजनीतिक उपलब्धि लाई केलाउदा
नेपाली कांग्रेस संसदमा पहिलो ठुलो दल , दोस्रो एमाले ।
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति र आम मतदाता लाई नयाँ बर्ष २०८० को क्रममा हार्दिक बधाई । नेकपा एमाले दोस्रो ठुलो दल माओवादी तेस्रो र रास्वपा र राप्रपा चौधौं र पाचौं राजनीतिक शक्ति भएका छन तापनि यो संसदीय अंकगणित ले कसैलाई पनि एक्लै अगाडि बढ्ने अनुमति दिएको छैन ।
यही संसदीय जगमा दलहरू बीच न्युनतम सहमति कायम गरेर राष्ट्रिय एकता र सहमतिको आधारमा अब आर्थिक सुधार परिवर्तनका एजेन्डाहरु लिएर अगाडि बढ्नु बर्तमान सरकारको प्रमुख दायित्व हो ।
यसै सन्दर्भमा बर्तमान सरकारका नौ प्रार्थमिकता तय भएका छ , यिनै प्राथमिकता लाई २०८० सालमा कार्यान्वयन गर्नु र गराउनु हाम्रो दायित्व हो ।
१. संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन/ विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने
२. देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने ।
३. समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एबम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने ।
४. गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने ।
५. शान्ति प्रकृयालाई पूणर्ता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने ।
६. उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने ।
७. खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने ।
८. जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदुषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने ।
९. राष्ट्रिय हितको रक्षा एबम् जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने ।

बर्तमानमा मेरो भुमिका ।
दुइ शब्द आफ्नो बारेमा :-
किरण गिरी ।
नागार्जुन नगरपालिका वडा नं.-७ काठमाडौं नेपाल ।
अनुभव :-
रेडियो नेपाल कार्यक्रम ” घटना र बिचार ” सञ्चालक ।
२०५२ /८/१ देखी २०५५/५/५ सम्म ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार ।
२०६०/२/२० देखि २०६१ / २/३० सम्म ।
राप्रपाको केन्द्रीय प्रबक्ता ।
२०६१/११/३० देखि २०७७ /४ /१२
हाल नेपाली कांग्रेस को केन्द्रीय सदस्य हुदै विभिन्न केन्द्रीय भुमिका र जिम्मेवारीमा निरन्तर राजनीतिमा सक्रिय एउटा लोकतान्त्रिक अभियन्ता :-
गत आम निर्वाचनलाई सफल र सम्पन्न पार्न बहन गरिएका केन्द्रीय तहका राजनीतिक भुमिका र जिम्मेवारी हरु :-
१. संयोजक – अनलाइन मिडिया समन्वय तथा प्रचार प्रसार उपसमिति नेपाली कांग्रेस ।
२. केन्द्रीय सदस्य – प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचन – २०७९ , केन्द्रीय प्रचारप्रसार समिति नेपाली कांग्रेस ।
३. सदस्य – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्बाचन – २०७९ घोषणा – पत्र तयारी समिति ,नेपाली कांग्रेस
४. समानुपातिक उम्मेदवार – संघीय संसद प्रतिनिधि सभा – २०७९ ।
५. महासमिति सदस्य एबं निबर्तमा केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
६ . सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति नेपाली कांग्रेस ।
७. केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
८ . सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
९ . सदस्य – स्थानीय तह निर्बाचन -२०७९ , घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।
१०. सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
११. सह संयोजक – निर्बाचन आयोग समन्वय उपसमिति ।

सामाजिक दायित्व र जिम्मेवारीहरु :-
१ . बिगत केहि दशक देखी निरन्तर सदस्य – संसदीय मामिला पत्रकार समाज संघीय संसद
सचिबालय सिंहदरबार काठमाडौं , नेपाल ।
२ . सहकारी अभियन्ता :-
सञ्चालक सदस्य – स्युचाटार साकोस नागार्जुन -१०
३. सदस्य – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचन -२०७९ केन्द्रीय निर्बाचन परिचालन समिति नेपाली कांग्रेस ।
४ . केन्द्रीय उपाध्यक्ष – नेपाल दशनामी समाज केन्द्रीय कार्यसमिति काठमाडौं , नेपाल ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल।
पत्रकार -बिगत -३२ बर्ष देखी आजसम्म निरन्तर समसामयिक राजनीति र संसदीय राजनीतिका सबालमा लेखन र अबधारणा सम्प्रेषण गर्दै बिगत तीन दशक देखी सक्रिय पत्रकारीतामा आज सम्म निरन्तर सक्रिय ।
बिदेश भ्रमण :-
चिन , बंगलादेश ,भारत , पाकिस्तान , भुटान ।
सामाजिक सञ्जालमा सक्रिय :-
email – freelancerkiran@gmail.com
– girikiran985@gmail.com
mobile – 9851060555 , wath App र viber समेत ।
सामाजिक सञ्जाल – फेसबुक – kiran giri , फेसबुक पेज , टुइटर – kiran giri लगायत क्षेत्रमा नेपाली कांग्रेस पार्टी गतिविधि र समसामयिक राजनीति बिषय मा व्यापक प्रसार प्रचार मा अहोरात्र सक्रिय राजनीतिक अभियान्ता ।
मेरो दृढता र प्रतिबद्धता :-
परमात्माको अनुकम्पा , समय र भाग्यले साथ दिए अबको १५ बर्ष नेपाली कांग्रेसको पार्टी संगठनमा सशक्त र प्रभावकारी ढंगले ” देखिने कांग्रेस र सुनिने कांग्रेस ” को अभियन्ताका रूपमा अबिरल रुपमा सक्रिय रहने प्रतिबद्धता नयाँ बर्ष २०८० मा समेत व्यक्त गर्दछु ।
२०८० सालमा आम नेपाली जनतामा सुख , शान्ति र समुन्नति को कामना गर्दछु ।
नयाँ बर्ष -२०८० को शुभकामना ,
सुशासन र समृद्धि हाम्रो चाहना

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।