२०८१ बैशाख ७ , शुक्रवार

श्रीमती बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

सुनाखरी न्युज / काठमाडौं  – न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई प्रहरीले काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।कपिलबस्तु प्रहरीमा परेको उजुरीअनुसार उनलाई कपिलबस्तु जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको थियो । हाल न्यायपरिषद्मा कार्यरत रहेका गिरीलाई त्यही पुर्जीका आधारमा पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दानबहादुर कार्कीका अनुसार न्यायाधीश गिरी काठमाडौंको सामाखुसीस्थित पवित्रनगरबाट पक्राउ परेका हुन् । गिरीलाई आज टेकुमै राखिएको छ ।

उता श्रीमतीविरुद्ध भने सरकारी कागजात किर्तेको उजुरीमा जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेको छ । उनकी श्रीमती आरती रावल भने पक्राउ परिसकेकी छैनन ।