२०८१ बैशाख २२ , शनिवार

सुधारियो शेयर बजार, २७ अंकले बढ्यो परिसूचक

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.३१ अंकले बढेर एक हजार ८ सय ७१ दशमलब ३३ विन्दुमा बन्द भएको हो ।

सोमबार नेप्से ५.५४ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ०२ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयर बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार देखिएको छ । आज ९४ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ९१ करोड १९लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १९९ कम्पनीको शेयरमूल्य बढेको छ भने १८ कम्पनीकोे शेयरमूल्य घटेको छ । कारोबारमा आएका एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४१४.८० रुपैयाँ पुगेको छ । त्यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.६९प्रतिशतले बढेर प्रतिकित्ता १०७५ रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दाबढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड १० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।