२०८१ बैशाख १९ , बुधवार

 टोखा–छहरे सुरुङ निर्माण अघि बढाउन सांसद केसी को माग

सुनाखरी न्युज/ काठमाडौं । सांसद अर्जुनरसिंह केसीले बजेट विनियोजन समेत भएको टोखा–छहरे सुरुङमार्ग निर्माण तत्काल अघि बढाउन माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा उनले सो सुरुङमार्ग नुवाकोट, रसुवा र धादिङको मात्र नभई उत्तरी छिमेकीसँग जोड्ने मार्गका रुपमा रहेको भन्दै तत्काल यसको निर्माण अगाडि बढाउन सरकारसँग माग गरे । “आर्थिक वर्ष २०७७–७८ मा रु छ अर्ब ४२ करोड बजेट विनियोजन भए पनि अहिलेसम्म त्यसमा खोस्रने पनि काम भएको छैन ।

सरकारले गरेका वचनबद्धता र छुट्याइएको बजेटलाई एकातर्फ राखेर निर्माणको काम भएको छैन । यतातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु”, उनले भने ।