२०८१ बैशाख १४ , शुक्रवार

तातोपानी नाका पाँच दिनका लागि बन्द

सुनाखरी न्युज/ काठमाडौं । उत्तरतर्फको दोस्रो ठूलो भन्सारका रूपमा चिनिने तातोपानी नाका पाँच दिनका लागि बन्द हुने भएको छ ।

नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ गतेदेखि वैशाख २ गतेसम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।