२०८१ बैशाख १६ , आइतवार

तोलामा ५०० सयले महँगियो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।