२०८१ बैशाख १५ , शनिवार

पोखरामा मानसिक स्वास्थ्य सम्बन्धि कार्यशाला

शिशिर उजाड/ पोखरा । एसोशिएशन अफ् साइकाइट्रिस्ट वेस्टर्न च्याप्टर तथा गण्डकी शिक्षण अस्पताल मानसिक विभागको संयुक्त आयोजनामा मानसिक स्वास्थ्य सेवा सम्बन्धित कार्यशाल सम्पन्न गरिएको छ ।

 

सोमबार साँझ पोखरामा आयोजित सो कार्यक्रम दुई चरणमा विभाजित गरिएको थियो । प्रा.डा. जय बहादुर खत्री तथा प्रा.डा.देव बहादुर थापाको अध्यक्षतामा भएको प्रथम चरणको कार्यक्रममा डा। प्रकृति प्रधान,डा। कमल भण्डारी, डा। अच्युत आचार्य तथा डा। रोनिका पन्तले शोध पत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै डा।वसन्त कुमार ताम्राकार तथा डा। भोजराज न्यौपानेको संयुक्त अध्यक्षतामा भएको दोस्रो चरणको कार्यक्रममा चलचित्र निर्माता राजेश गोङ्गजु तथा वरिष्ठ मनोचिकित्सक प्रा।डा।निर्मल लामिछानेले जीवन र खुशी विषयमा रचनात्मक कार्यक्रमहरु प्रस्तुत गर्नु भएको।

 

विभागीय प्रमुख प्रा.डा.निर्मल लामिछानेको संयोजकत्वका भएको सो कार्यशालामा अधिकांश वक्ताहरुले मानसिक स्वास्थ्य सेवामा रचनात्मक कृर्याकलापहरुले पार्ने वैज्ञानिक तथा व्यवाहारिक पक्षका विविध विषयहरु दर्शाउनु भएको थियो । कार्यक्रममा पोखराका विभिन्न अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरू तथा मनोपरामर्श को क्षेत्रमा क्रियाशील व्यक्तिहरुको सहभागिता रहेको पत्रकार रामप्रसाद पौडेल घर्मेलीले जानकारी दिनुभयो। कार्यक्रम अत्यन्त फलदायी भएको सहभागिले बताएका छन्।