२०८१ बैशाख ८ , शनिवार

कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन १२४ जनामा कोरोना पुष्टि

Corona

सुनाखरी न्युज/ काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्‍ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी २४ घण्टाको अवधिमा १२४ जनामा कोरोना संक्रमण देखिएको हो ।

 

यस्तै, कोरोना सक्रिय संक्रमित ४४४ जना रहेको पनि मन्त्रालयले जनाएको छ । सोमबार २९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।