२०८० चैत्र १६ , शुक्रवार

झिनो अंकले बढ्यो शेयर बजार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन सोमबार सामान्य अंकले बढेको छ । आज नेप्से ५.५४ अंकले बढेर एक हजार ८ सय ४४ दशमलब ०२ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २८.३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा बन्द भएकोे थियो ।

 

त्यस्तै, शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज ९१ करोड १९लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७६ कम्पनीकोे शेयरमूल्य घटेको छ । कारोबारमा आएका ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२४.५० रुपैयाँ पुगेको छ । त्यस्तै, कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३७७.१० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र बलेफी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दाबढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।