२०८१ बैशाख १५ , शनिवार

स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न संघीय सरकार प्रतिवद्ध छः गृहमन्त्री

सुनाखरी न्युज/ काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय सरकार स्थानीय र प्रदेश सरकारसँग समन्वयन गर्न प्रतिवद्ध रहेको बताउनु भएको छ ।

 

आज चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले सो कुरा बताउनु भएको हो । उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहलाई समन्वय गर्नको लागि औचित्य पुष्टि गरेर आउन अनुरोध गर्नुभयो । संघीय सरकार, स्थानीय र प्रदेश सरकारसँग समन्वयन गरेर संविधानले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

 

तर त्यसो भनेको अर्थ स्थानीय सरकार वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न चै अनुरोध मात्रै गर्न जानकारी दिएर हुँदैन, उहाँको भनाइ छ । ‘यो बारेमा मैले काठमाडौं महानगरपालिकाका प्रमुखलाई प्रस्ट भनेको छु तपाईले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी तथ्य रुप दिने गरी निष्कर्षमा त पुग्नु पर्‍यो नि,’ गृहमन्त्री श्रेष्ठले भन्नुभयो- ‘तपाई आफैले मात्रै गर्न सक्ने काम भए तपाईंको कार्यक्षेत्रमा हामी कुनै पनि हस्तक्षेप गर्दैनौं ।