२०८१ जेठ ६ , आइतवार

निरन्तर अब्बल बन्दै नवील बैंक

सुनाखरी न्युज/ काठमाण्डौ ।
नेपालको बैंङिकङ इतिहासमा ‘नविल बैंक’को नाम अग्र स्थानमा छ । कोरोना महामारिका कारण होस या विश्वब्यापाी आर्थिक मन्दी वा यस्तै अवस्था । जस्तो सुकै विकराल र कठीन अवस्थामा पनि आफूलाई अब्बल गर्न सफल बैंककोरुपमा नविलले आफूलाइ चिनाउन सफल भएको छ ।

विजिनेश ग्रोथ, नाफा तथा लाभांश क्षमताको हिसाबले लगातार आफूलाई नम्बर वान बैंकको रुपमा उभ्याइरहेको नवील बैंकले सेयर बजारमा समेत पनि महत्वपूर्ण सफलता प्राप्त गरेको छ ।

निजी क्षेत्रबाट संचालित सबैभन्दा बलियो बैंकको पहिचान बनाएको नवीलको कुल बजार पूँजीकरण सूचीकृत कम्पनीमध्ये अग्रस्थानमा नै छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमध्ये नवील बैंकको बजार पूँजीकरण अहिले शेयर बजार न्युनतम विन्दुमा आउँदा पनि १ खर्ब ५६ अर्ब छ । गत बर्ष यो १ खर्ब ९६ अर्ब बढी पुगेको थियो ।

 

आर्थिक बर्ष २०७६–७७ मा ३३ दमलव ५ प्रतिशत बोनस शेयर तथा १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै आर्थिक बर्ष २०७७–८७ मा ३३ दमलव ६ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको गर्यो ।

यस्तै आर्थिक बर्ष २०८६–९ मा १८ दमलव ५ प्रतिशत बोनस शेयर तथा ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्यो । जसका कारण बैंकले लगानीकर्ताको मन जित्न समेत सफल बनेको छ ।

 

दोश्रो बजारमा कारोबार हुने कम्पनीहरुमा नविल बैंकको सदैव चर्चा हुने गरेको छ । विगत तीन बर्षको वोनस वितरणको अवस्थालाई हेर्ने हो भने पनि यो प्रमाणित हुन्छ ।

पछिल्ला केही बर्ष देखि आर्थिक क्षेत्र र खासगरी बैंङिकङ क्षेत्रमा परेका नकारात्माक प्रभावका वावजुद नविलले आर्थिक बर्ष २०७६–७७ मा ३३ दमलव ५ प्रतिशत बोनस शेयर तथा १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै आर्थिक बर्ष २०७७–८७ मा ३३ दमलव ६ प्रतिशत बोनस शेयर तथा ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको गर्यो । यस्तै आर्थिक बर्ष २०८६–९ मा १८ दमलव ५ प्रतिशत बोनस शेयर तथा ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्यो । जसका कारण बैंकले लगानीकर्ताको मन जित्न समेत सफल बनेको छ ।

नवील बैंकको विजिनेश ग्रोथ, लाभांश क्षमता र इतिहास लगायतका सकारात्मक सूचकहरुका कारण पछिल्लो समय सेयर बजारका लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ ।

नवील बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेकै कारण यो कम्पनीको दोश्रो बजार कारोबार मूल्य समेत विगतमा लगातार बढिरहेको अवस्था थियो । त्यतिवेला दोश्रो बजारमूल्य लगातार बढेर नवील बैंकले सेयर बजारमा समेत सबैभन्दा बढी बजार पूँजीकरण भएको कम्पनीको रुपमा नयाँ इतिहास रचेको हो ।

हाल नवील बैंकको दोश्रो बजारमा २७ करोड ५ लाख ६९ हजार ९८४ कित्ता सेयर सूचीकृत छ ।