२०८१ बैशाख १४ , शुक्रवार

साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त

सुनाखरी न्युज/ काठमाडौं ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् ।

 

आइतबार बसेको साल्ट ट्रेडिङ कर्पोरेशनको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।

काठमाडौंमा जन्मनुभएका श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् साल्ट ट्रेडिङ समुहका प्रवर्तक स्वर्गिय इश्वरलाल श्रेष्ठ तथा पद्मावती श्रेष्ठका जेष्ठ सुपुत्र हुनुहुन्छ ।