२०८१ बैशाख २२ , शनिवार

भूगोल इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

IPO

सुनाखरी न्युज/ काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज चैत २७ गते अन्तिम दिन रहेको छ।

 

कम्पनीले हिजो चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिने सकिने धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ। कम्पनीले जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशतले १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गर्नेछ।

 

कुल कित्तामध्ये १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि तथा कर्मचारीका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्। सीडीएससीका अनुसार हिजो (चैत २६ गते) साँझ ५ बजेसम्म यो आईपीओमा ९ लाख ४८ हजार २०५ आवेदकबाट कुल १ करोड ७ लाख ३२ हजार ३५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ७.९७ गुणाले बढी हो।

 

मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भइसकेको छ। जसमा भाग्यमानी १ लाख ३४ हजार ६९९ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ३ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ३० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।