२०८१ जेठ ६ , आइतवार

सांग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षद्वारा शपथ ग्रहण

सुनाखरी न्युज/ काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएका अध्यक्ष उज्ज्वल सत्यालले नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर श्रीमती नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

 

सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालद्वारा अन्य संचालकहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरे पश्चात यस नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्ने ब्यहोरा जानकारी गराइन्छ । नवनियुक्त अध्यक्ष तथा सञ्चालकहरुलाई आफ्नो कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्नु भयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।