२०८१ बैशाख २२ , शनिवार

साताको पहिलो दिन आईतबार शेयर बजारमा उच्च गिरावट

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से २८.३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा बन्द भएको हो ।

बिहिबार नेप्से ८.२८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको थियो । त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको थियो । आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२.९० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार आज माछापुच्छ्रे बैंक डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।