२०८१ बैशाख ७ , शुक्रवार

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ पार्टीबाट निलम्बित : मन्त्री बन्न पैसा मागेको आरोप

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पहिलोपटक विस्तार हुँदा नै पार्टीका तर्फबाट स्वास्थ्यमन्त्री बन्ने भन्दै उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गरेको हो ।

 

“उहाँको त्यस्तै प्रकरण आयो । अहिलेलाई उहाँलाई निलम्बन गरिएको छ,” रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले बाह्रखरीसँग भने, “अहिलेलाई उहाँलाई निलम्बन मात्र गरिएको हो । अनुशासन समितिले छानबिन गरेपछि उहाँलाई हुने कारबाही निश्चित हुनेछ ।”