२०८३ बैशाख २० , आइतवार

राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरल नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन्।

 

राष्ट्रपति पौडेलले पोखरेललाई चैत २४ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्।

 

पोखरेल राष्ट्रिय सूचना आयोगका आयुक्तसमेत भएर काम गरेका थिए। उनी नेपाल प्रेस युनियनका पूर्वअध्यक्षसमेत हुन्।