२०८१ जेठ ६ , आइतवार

रु. २२.४६ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (चैत २७ गते) २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

 

केन्द्रीय बैंकले चैत २८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिनका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० वैशाख २६ गते, असार २६ गते, असोज २३ गते र चैत २७ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।