२०८१ बैशाख २६ , बुधवार

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

सुनाखरी न्युज/ बिराटनगर। मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

 

हिजो बेलुका साढे ९ बजे मोरङको बिराटनगर महानगरपालिका-४ आयल निगम स्थितमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश १-०२-०४० प ३२३२ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आउदै गरेको बा. १-०२५ च. ५४४६ नम्बरको कारले ठक्कर दिदा घाईते भएका बर्जु गाउँपालिका-४ सुनसरीका ४५ बर्षीय शिव कुमार गुरुङको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएका थिए भने उदयपुरको त्रियुगा नगरपालिका-११ स्थित मदनभण्डारी राजमार्गमा काठमाण्डौबाट झापा तर्फ आउदै गरेको मे.१ ख. २१८४ नम्बरको ट्रकले बाटो क्रस गर्दै गरेको प्रदेश १-०५-००१ प. ६१५९ नम्बरको मोटरसाईकलाई ठक्कर दिदा मोटरसाइकल चालक त्रियुगा नगरपालिका-१४ का ४३ बर्षीय तारणी मगरको घटनास्थलमै मृत्यु भएको हो ।

 

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।