२०८३ श्रावण १८ , सोमवार

सुशासन सहित मुलुकमा अर्थतन्त्रमा वृद्धि गराउनु आजको प्रमुख दायित्व हो

किरण गिरी । अब सरकार र राजनीतिक दलहरू को ध्यान सुशासन सहितको आर्थिक सुधार तर्फ जानु जरुरी छ ।
नेपालमा तिनै तहको निर्वाचन सम्पन्न भएको छ । भर्खरै सम्पन्न भएको राष्ट्रपति र उपराष्ट्रपति को निर्वाचनले संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र थप सुदृढ र सफल कार्यान्वयन भएको छ । नेपालको राजनीति नेपाली जनता चाहना बमोजिम जनादेश को मर्म र भावना बमोजिम अगाडि बढेको छ । अब ढिलो नगरी कन आर्थिक क्षेत्रमा सुधार र परिवर्तन गर्दै जन चाहना अनुसार अगाडि बढ्नु सरकार र राजनीतिक दलहरू को प्रमुख दाइत्व र जिम्मेवारी हो ।

नेपाली कांग्रेसको परिकल्पना समुन्नत नेपाल अबको मार्गचित्र नियाल्दा :-
नेपाली राजनीतिक इतिहासको सात दशक नियाल्दा लोकतान्त्रिक आन्दोलनको संबाहक हो नेपाली कांग्रेस ।लोकतान्त्रिक समाजबाद र आर्थिक बिकासको अभियन्ता हो नेपाली कांग्रेस अनि सामाजिक रुपान्तरण उत्प्रेरक पनि हो नेपाली कांग्रेस । अब समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर अगाडि बढेको छ नेपाली कांग्रेस ।
नेपाल को सबभन्दा ठुलो पुंजी भनेको जनता जनार्दन नै हुन ।
हाम्रो भुबनोटले उर्जा , कृषि ,पर्यटन र सूचना प्राविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना बोकेको छ । बिश्वकै आर्थिक गुरुताकर्षण एसिया तिर सर्नु भनेको निर्यात , प्रत्यक्ष बिदेशी लगानी , मध्यम बर्गिय पर्यटक र सहुलियत पुर्ण पुंजीको उपलब्धता बिकास प्रयत्नका लागी अनुकुल छन ।
यसरी बिकासको नतिजा उत्पादकत्वको वृद्धि , औपचारिक क्षेत्रको बिस्तार , सामाजिक गतिशीलता र सुशासन सुचकहरुमा मात्र होइन आम नेपाली जिबनस्तरमा नै झल्कनु पर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । हामीले जनता घरदैलो जादा यहि संकल्प समेत गरेका छौ । समुन्नत नेपालको स्पष्ट मार्गचित्र बोकेर हामी आएका छौं । हामीले राजनीतिक क्षेत्रमा फड्को मार्‍यौं अब मुलुक र जनताको बिकास र समुन्नतिमा आक्रमक एजेन्डा लिएर युबाबर्ग लाई समेटेर अगाडि बढ्नु हाम्रो अहं र प्रमुख दायित्व हो ।

अबको समुन्नत नेपालको स्पष्ट मार्गचित्र :-
१.समुन्नतिका सैद्धान्तिक आधार ।
-लोकतन्त्र को सुदृढीकरण र सुशासन ।
-समावेशी आर्थिक सामर्थ्य ।
– समन्यायिक समाज र सांस्कृतिक सहस्तित्व ।
-जलबायु परिवर्तन ,बाताबरण र बिपद ब्यबस्थापन ।
-सार्बभौमिक समानता र अन्तर्राष्ट्रिय भुमिका ।
२. तत्कालीन आर्थिक एजेन्डा :-
-आयात कर्जा र मुद्रास्फ्रीतिको चाप ।
– सार्बजनिक आय र खर्च ।
– औद्योगिक पुर्बाधार , नेपाली उत्पादन र डिजिटलाइजेसन ।
– रोजगारीका लागी सीप ।
– स्वच्छ उर्जा को क्षेत्रीय खपत ।
३ तत्कालीन भौतिक पुर्बाधारका एजेन्डा :-
– यातायात ।- उर्जा ।- सिंचाइ ।- खानेपानी ।- सञ्चार ।
४ . बित्तीय क्षेत्रमा व्यापक सुधार र ब्यबस्थापन :-
मुलुक र जनताको बित्तीय सूचकांक अत्यन्तै निरासाजनक देखिएको बर्तमान अबस्था लाई व्यापक सुधार र परिबर्तन गर्नु हाम्रो दायित्व र जिम्मेवारी हो । आजको चुनौती पुर्ण बित्तीय अवस्था बाट मुलुक लाई अत्यन्तै आबश्यक देखिएको छ ।
नेपाली कांग्रेस यो सुधार र परिवर्तन गर्न सक्षम छ ।
बिस्वस्निय आर्थिक सुधारको जगमा बिदेशी तथा स्वदेशी लगानीको अभुतपुर्ब बाताबरण सृजना गर्दै अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सहुलियतपुर्ण बित्तीय सायताहरुको अधिकतम परिचालन गर्ने र घाटा बजेट एबं सार्बजनिक ॠणको समेत इमानदारीता पुर्बक जिम्मेवार ढंगले परिचालन गरेर मात्रै समुन्नतिको न्युनतम आधार तयार हुन्छ भन्ने नेपाली कांग्रेसको स्पष्ट धारणा र दृष्टिकोण रहेको छ ।
नेपाली कांग्रेसको यही धारणा र दृष्टिकोण लाई सफल रूपमा कार्यान्वयन गर्नु र गराउन प्रतिबद्ध रहनु नेपाली कांग्रेसका हामी सबै नेता र कार्यकर्ता दायित्व जिम्मेवारी समेत हो ।

संघीयता , गणतन्त्र र धर्मनिरिपेक्षताको पक्षमा जनमत :-
आम निर्वाचनको जनादेश केलाउदा ९४.४३ % नेपाली जनता ले नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्र को पक्षमा मतदान गरेका छन । संबिधान र गणतन्त्र थप सुदृढ र सबल भएको तथ्य जनादेश ले पुनः प्रमाणित गरेको छ ।समानुपातिकको अन्तिम मत गणना अनुसार रास्ट्रीय मान्यता प्राप्त -७ राजनीतिक दलहरुले पाएको गरेको मत अनुसार
यस्तो छ मुलुकको राजनीतिक अंक गणितको जनमत :-
जसलाई आधार बनाएर हामीले अबको नेपालको नयाँ मार्ग चित्र कोर्नु आबश्यक छ ।
१. नेकपा एमाले: २८,४५,६४१ (२६.९४%)
२.नेपाली कांग्रेस: २७,१५,२२५ (२५.७१%)
३.एमाओवादी:- ११,७५,६८४ (११.१%)
४.रास्वपा:११,३०,३४४ (१०.७%)
५.राप्रपा: ५,८८,८४९ (५.५७%)
६.जसपा:४,२१,३१३ (३.९८%)
७.जनमत: ३,९४,६५५ (३.७३%)
२०७४ सालको निर्वाचनमा काङ्रेस भन्दा
एमालेको मत ४५,१०५ वढी रहेकोमा अहिले
२०७९ आम निर्वाचनमा १,३०,४१६ मत बढी देखिन्छ ।
मात्रै १८४११ मतकाे कमिले नेकपा एस राष्ट्रिय पार्टी बन्न सकेन
प्रतिनिधि सभा को गणितीय तस्वीर यस्तो छ :-
प्रतिनिधिसभामा दलीय प्रतिनिधित्व (प्रत्यक्ष र समानुपातिक सिटसहित) यस्तो रहेको छ :-

राष्ट्रिय पार्टी हरु :-
१. नेपाली कांग्रेस–५७+३२=८९
२. नेकपा एमाले–४४+३४=७८
३. नेकपा माओवादी केन्द्र–१८+१४=३२
४ .राष्ट्रिय स्वतन्त्र पार्टी–७+१३=२०
५. राष्ट्रिय प्रजातन्त्र पार्टी–७+७=१४
६. जनता समाजवादी पार्टी, नेपाल–७+५=१२
७. जनमत पार्टी–१+५=६
राष्ट्रिय पार्टी हुन नसकेका दलहरु हरु :-
८ .नेकपा एकीकृत समाजवादी =१०
९. लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल =४
१०. नागरिक उन्मुक्ति पार्टी= ३
११. राष्ट्रिय जनमोर्चा=१
१२. नेपाल मजदुर किसान पार्टी =१
स्वतन्त्र सांसद – ५ समेत
जम्मा–२७५ को प्रतिनिधि सभा जनता को सार्बभौमसत्ता सम्पन्न संघीय संसद हामी संग छ ।
नेपाली कांग्रेस संसदमा पहिलो ठुलो दल , दोस्रो एमाले ।
नेपाली जनताको अनुमोदन प्राप्त बिश्वास र भरोसा योग्य पार्टी नेपाली कांग्रेस संसदको सबभन्दा ठुलो दल बनेकोमा पार्टी नेतृत्व , नेतृत्व तह , नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समिति र आम मतदाता लाई हार्दिक बधाई । नेकपा एमाले दोस्रो ठुलो दल माओवादी तेस्रो र रास्वपा र राप्रपा चौधौं र पाचौं राजनीतिक शक्ति भएका छन तापनि यो संसदीय अंकगणित ले कसैलाई पनि एक्लै अगाडि बढ्ने अनुमति दिएको छैन ।
यही संसदीय जगमा दलहरू बीच न्युनतम सहमति कायम गरेर राष्ट्रिय एकता र सहमतिको आधारमा अब आर्थिक सुधार परिवर्तनका एजेन्डाहरु लिएर अगाडि बढ्नु बर्तमान सरकारको प्रमुख दायित्व हो ।

यसै सन्दर्भमा बर्तमान सरकारका नौ प्रार्थमिकता तय भएका छ्न :-
१. संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन/ विकास, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयन गर्ने
२. देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार गर्ने ।
३. समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिङ्गीय सबै प्रकारका विभेदहरूको अन्त्य गरी समता, स्वतन्त्रता एबम् न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने ।
४. गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने । भ्रष्टाचारको छानबीन गरी कडा कारबाही गर्ने ।
५. शान्ति प्रकृयालाई पूणर्ता दिन विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने ।
६. उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने ।
७. खर्च कटौती र प्रशासनिक झमेलाको अन्त्यका लागि सार्वजनिक प्रशासन चुस्त दुरुस्त बनाउने ।
८. जलवायु परिवर्तन, जैविक विविधता ह्रास र वातावरणीय प्रदुषण जस्ता विश्वव्यापी सङ्कटले उत्पन्न गरेको जोखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्ने ।
९. राष्ट्रिय हितको रक्षा एबम् जनताको समृद्धिका लागि स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्ने ।
हालै अर्थमन्त्री डा. प्रकाशशरण महत द्वारा मुलुकको अर्थतन्त्र आतिहाल्नुपर्ने अवस्थामा नरहेको अवस्था जानकारी ।
अर्थ मन्त्रालयमा आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको छलफलमा उनले अर्थतन्त्रका सूचक सकारात्मक रहे पनि सम्भावित जोखिमबारे सजग रहेर सुधारको दिशामा अघि बढ्नुपर्ने खाँचो औंल्याए।
उनले भने, ‘अर्थतन्त्रमा केही समस्या छन् तर त्यसलाई न्यूनीकरण गर्न सकिन्छ। खर्च कम गरेर उत्पादनशील क्षेत्रमा लगाउने र जनतामा देखिएको नैराश्यलाई कम गर्न केही सुधारका काम गर्नु अपरिहार्य छ।’
अर्थमन्त्री डा. महतले अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्चलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजना रहेको उल्लेख गरे। उनले भने, ‘अनावश्यक खर्च कम गर्ने र पूँजीगत खर्च ‘मस्ट प्रोडक्टिभ’ क्षेत्रमा गर्ने योजना छ।’ उनले आयात प्रतिबन्ध हुँदा विदेशबाट विभिन्न च्यानलबाट अवैधरूपमा मोबाइल फोन भित्रिँदा रु ३० देखि ३५ अर्ब राजस्व गुमेको उल्लेख गरे।
पूर्वाधार, घरजग्गा कारोबारमा आएको मन्दी र बैंकको ब्याजदर बढेकाले व्यापारमा समस्या आएको उनको भनाइ थियो। विगतमा लक्ष्य बराबर राजस्व उठ्ने गरेको भए पनि यो वर्ष बजारमा माग नबढ्दा आयात बढ्न नसकेपछि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको उनको भनाइ थियो।
अर्थ सचिव तोयम रायाले बजारमा हल्ला भए जस्तो अर्थतन्त्र नकारात्मक दिशामा नरहेको बताए। उनले लक्ष्यअनुसार राजस्व सङ्कलन हुने देखिएको र विप्रेषण पनि सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरे।
यिनै तथ्य र बिश्लेषणका आधारमा नेपालको अर्थतन्त्रमा व्यापक सुधार र परिबर्तन गरि आम नेपाली जनताको मनोबल बढाउनु नै बर्तमान सरकारको प्रमुख दायित्व हुने छ ।

लेखक – नेपाली कांग्रेसका निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।