२०८१ बैशाख १७ , सोमवार

सामाखुसी यातायात प्रा.ली ले ल्यायाे थप १० बस सञ्चालनमा

सुनाखरी न्युज/ काठमाडौं । सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौंका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा आएको उक्त प्रालीले आजदेखि बस थप गरेको हो ।

No description available.

सामाखुसी यातायात प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका निवर्तमान अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रा ली का अध्यक्ष एवम् नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रमा बढ्दो जनसङ्ख्या तथा स्थानीय तहको चाहनाअनुसार बस थप गरिएको जानकारी दिए । उनले यात्रुमैत्री बन्न चालक र सहचालकलाई आग्रह गरे ।

No description available.
सुरुआतमा नौ माइक्रोबसबाट सेवा सञ्चालन गरेको सामाखुसी यातायातले अहिले ८० माइक्रोबस तथा ३१ ठूला बसमार्फत यात्रुलाई सेवा प्रदान गर्दै आएको छ । सो यातायातले काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुलाई सेवा दिँदैआएको प्रालीका आर्थिक व्यवस्थापक दिपेन्द्र केसीले जानकारी दिए । सो प्रालीले हाल ३०० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको छ ।

No description available.