२०८१ बैशाख ४ , मंगलबार

एनसेलको सीइओमा जब्बोर कायुमोभ नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । निजी क्षेत्रको ठूलो मोबाइल सेवाप्रदायक एनसेल आजियाटाको प्रमुख कार्यकारी अधिकृतमा जब्बोर कायुमोभ नियुक्त भएका हुन । यसअघि का सीइओ एन्डी चोङलाई आजियाटामै फिर्ता बोलाएर नयाँ सीईओ नियुक्त भएका हुन् ।

 

चोङलाई आजियाटा समूहले सन् २०१९ नोभेम्बरमा एनसेलको सीइओमा नियुक्त गरेको थियो । हाल नियुक्त भएका सीईओ कायुमोभ सन् २०१३ देखि २०१६ सम्म स्मार्ट टेलिकममा सीइओको रुपमा कार्यरत थिए । एनसेलका एक अधिकारीका अनुसार चोङ आजियाटा ग्रुपमा प्रमुख कर्पोरेट अधिकृतमा बढुवा भएका बताए । ती अधिकारीका अनुसार नयाँ सीईओ आउन अझै दुई महिना लाग्ने छ ।

 

कायुमोभले यस अघिनै एक बर्ष एनसेलको सीसीओ पदमा काम गरिसकेका छन । कायुमोभ आजियाटा भित्रिनु अघि डिजिसेल समूहमा कार्यरत थिए। नयाँ सीइओले मे १० बाट कार्यभार सम्हाल्ने एनसेलले जनाएकाे छ ।