२०८१ बैशाख १३ , बिहिवार

सार्वजनिक स्थलमा राती आएर फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौँ महानगरपालिकाले रातको समयमा आएर सडकमा फोहोर फाल्नेलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।

गए राती वडा १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा महानगरको रात्रीकालीन अनुगमन टोलीले पक्राउ गरेको थियो । जरिवाना तिराएर आज गाडीलाई फोहोरलाई जथाभावी नफाल्ने सर्त राखेर छोडिएको छ । महानगरले अनधिकृत फोहोर फाल्नेमाथि कडा निगरानी गरेको छ ।

वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठ भन्नुहुन्छ, पुतली सडक क्षेत्रमा इन्टरनेट सेवा प्रदायकले तार काटेर सार्वजनिक आवागमनमा बाधा गरेको छ । दुर्घटनाको खतरा बढाएको छ । अनधिकृत फोहोर उत्पादन गरेर सहरी व्यवस्थापनलाई बाधा गर्नेहरुलाई चेतावनी दिएका छौँ । कारवाही गर्छौँ ।