२०८० चैत्र १६ , शुक्रवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा दुई सयले घटेको छ । बिहीबार तोलामा आठ सयले घटेको सुनको मूल्य आज तोलामा दुई सयले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको हो ।