२०८१ बैशाख १५ , शनिवार

सर्वसाधारणलाई मेन्छियाम हाइड्रोपावरको आईपिओ बैशाख ४ गतेदेखि

IPO

सुनाखरी न्युज/ काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडले बैशाख ४ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई २२ हजार ४ सय ३९ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ५६ हजार ९९ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई ९ लाख ३४ हजार ९ सय १५ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

 

सर्बसाधारणले आईपिओमा बैशाख ७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

 

कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।