२०८१ जेठ ५ , शनिवार

भुगोल इनर्जिको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन

IPO

सुनाखरी न्युज/ काठमाडौं । भुगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले आज बिहीबार (चैत २३ गते) देखि निष्काशन गरेको शेयरमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ ।

 

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार ५:०३ बजेसम्ममा २ लाख ६१ हजार ४९६ आवेदनबाट ३१ करोड १० लाख ४१ हजार रुपैयाँ बराबरको ३१ लख १० हजार ४१० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ४६ हजार ९९३ कित्ता शेयरको २.३० गुणा बढी हुन आउँछ ।

 

कम्पनीले जारी पूँजीको २० प्रतिशत १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता शेयर मध्ये १ लाख ८ हजार ८११ कित्ता साधारण शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि तथा कर्मचारीहरुका लागि सुरक्षित गरी ७१ हजार ९१६ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरीएको छ । त्यसमा स्थानियलाई बिक्री नभएको शेयर सहित सर्वसाधारणको लागि १३ करोड ४६ लाख ९९ हजार ३०० रुपैयाँ बराबरको १३ लाख ४६ हजार ९९३ कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

 

कम्पनीले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले चैत २७ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्युनतम १० कित्ता तथा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूणर् सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपाल लिमिटेडले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँदछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतीकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।