२०८० चैत्र १६ , शुक्रवार

अभिनयमा एकवर्षपछि फर्किए पल शाह, मुस्ताङमा म्युजिक भिडियोको छायांकन सुरु

 

सुनाखरी न्युज / मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए ।

 

रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् । ‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् ।

 

छायांकनको हिसाबले यो पहिलो म्युजिक भिडियो भएपनि युट्युवमा रिलिजको आधारमा चाहिँ ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन पहिलो हुनेछ ।