२०८१ बैशाख १२ , बुधवार

सांसद हरि ढकालले विदेशबाट ल्याइएका कामदारको शव राखेको बाकस पनि फुटाउन थालेको आरोप

सुनाखरी न्युज/ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले विदेशबाट ल्याइएका कामदारको शव राखेको बाकस पनि कर्मचारीले फुटाउन थालेको आरोप लगाएका छन्।

 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा त्रिभुवन विमानस्थलमा भ्रष्टाचारले सबै सीमा नाघेको बताए।सुटकेससँगै शव बोकेका बाकस पनि कर्मचारीले फुटाउन थालेको उनको दाबी थियो।

 

उनले भने, ‘‘विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ। गरगहना र महत्त्वपूर्ण सामान छन् कि भनेर लुट्न कर्मचारीले त्यसो गरिरहेका छन्।