२०८१ बैशाख २६ , बुधवार

मोरङका परीक्षा केन्द्रबाट २ सय भन्दा धेरै नक्कली परीक्षार्थी पक्राउ

सुनाखरी न्युज / विराटनगर – माध्यमिक शिक्षा परीक्षा एसईईका क्रममा प्रहरीले ठुलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ गरेको छ । मोरङका तीनवटा परीक्षा केन्द्रबाट आज मात्रै १९९ जना पक्राउ परेका छन् ।ग्रामथान गाउँपालिका–२ स्थित सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिंदै गरेका ५२ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

बुधबार प्रहरीले सोही परीक्षा केन्द्रबाट नक्कली परीक्षार्थीको आशंकामा एक जनालाई पक्राउ गरेको थियो । एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको जिप्रका मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए ।यस्तै, केराबारी गाउँपालिका(७ स्थित सार्वजनिक माध्यमिक विद्यालयबाट १२७ जना र सुन्दरहरैचा नगरपालिका(१ स्थित जनता माध्यमिक विद्यालयबाट २० जना नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सार्वजनिक माविबाट परीक्षा दिने मध्ये झण्डै आधा पक्राउ परेका छन् । बुधबार पनि दुईजना पक्राउ परेका थिए । दुई दिनमा २ सय १ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए । एसईर्ईको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने गिरोह सक्रिय रहेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।