२०८१ जेठ ६ , आइतवार

भारतमा कोरोना तीव्ररुपमा फैलिदै , २४ घन्टामा मात्रै ५ हजार ३३५ जनामा कोरोना पुष्टि

सुनाखरी न्युज / नयाँ दिल्ली – भारतमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै ५ हजार ३३५ जनामा कोरोना पुष्टि भएको छ ।

यो सहित देशमा कोरोना सक्रिय संक्रमित २५ हजार ५८७ पुगेको छ। बुधबार देशभर ४ हजार ४३५ जनामा कोरोना संक्रमण देखिएको थियो । जुन गत वर्ष सेप्टेम्बर २५ यताकै उच्च हो ।

 

कूल सक्रिय संक्रमितमध्ये केरलामा सबैभन्दा बढि ८ हजार २२९ र महाराष्ट्रमा ३ हजार ८७४ जना सक्रिय संक्रमित रहेका छन्। आधिकारिक तथ्यांक अनुसार पछिल्लो एक महिनायता कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। यो अवधिमा २ हजार ८२६ जना संक्रमित डिस्चार्ज भएका छन्।